महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३

शाखा तथा इकाइहरुको कार्य

निकायबाट प्रदान गरिने सेवाहरु( शाखागत कार्य विभाजन)

यस विभागको शाखागत कार्य विवरण देहाय अनुसार रहेको छ ।

योजना तथा प्रशासन शाखाः

राष्ट्रभरीका ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा जीर्णोद्धार, पुरातात्विक स्थलहरुको खोज अनुसन्धान, अन्वेषण, उत्खनन् संरक्षण गर्नका लागि विभाग मातहत कार्यालय, विभिन्न निकाय, संघसंस्थाबाट प्राप्त निवेदनहरुलाई प्राथमिकताका आधारमा कार्यक्रम छनौट गरी वार्षिक बजेट तर्जुमा गर्ने, पहिचान भएका ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको अध्ययन गरी प्रतिवेदन तयार गर्ने, कार्यक्रम स्वीकृत भई आएपछि कार्यक्रम सञ्चालनका लागि परियोजना प्रमुख र प्राविधिक तोकी जिम्मेवारी दिने, संचालित परियोजनाहरुको नियमित अनुगमन तथा सुपरिवेक्षण र आवश्यक निर्देशन दिने, प्राचिन नेपाल छपाईका लागि सम्बन्धित विषयका प्राप्त लेखरचना छनौट गरी प्रकाशन गर्ने, मासिक त्रैमासिक तथा वार्षिक प्रगति तयार गरी सम्बन्धित निकायमा पठाउनुका साथै विभागबाट प्रकाशित हुने अनुसन्धानमुलक पुस्तक, प्रतिवेदनहरुको आवश्यक व्यवस्था मिलाउने, विभागलाई आवश्यक पर्ने पुस्तक, पत्रपत्रिका र सम्बन्धित विषयका पाठ्यसामाग्री खरिद गर्ने साथै विभिन्न दात्री निकायबाट प्राप्प पाठ्यसामाग्रीहरु सुरक्षित राख्ने उद्धेश्यले यो शाखा गठन भएको हो ।

शाखाका मुख्य कार्यहरु

  • योजना तर्जुमा र मूल्यांकन
  • ंग्रहालय सम्बन्धी
  • पुस्तकालय तथा प्रकाशन सम्बन्धी

कार्यविधि :

  • ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदा संरक्षण तथा जीर्णोद्धारका लागि योजना तर्जुमा गर्ने।
  • नेपालको प्रागैतिहासिक स्थलहरुको खोज अनुसन्धान र उत्खननको योजना तथा कार्यक्रम बनाउने ।
  • विभाग अन्तर्गत संचालित विकास योजना, परियोजना कार्यक्रमका निरीक्षण, सूपरिवेक्षण गर्ने।
  • विभाग अन्तर्गत संचालित योजना एवं परियोजनाहरुको प्रगती विवरण (तालुक मन्त्रालय, रा.यो. आ. र म. परिषद तथा प्र. म. को कार्यालयमा) पठाउने।
  • पुस्तकालय तथा प्रकाशन सम्बन्धी कार्य।

प्रशासन एकाइका मुख्य-मुख्य कामहरु

  • विभाग र अन्तर्गत कार्यालयहरुको स्वीकृत दरवन्दीको अभिलेख राख्ने र रिक्त दरवन्दीको पद पूर्तिको व्यवस्था मिलाउने।
  • विभाग अन्तर्गत निकायहरुमा कार्यरत राजपत्रअनंकित र श्रेणविहिन कर्मचारीको विभाग वा अन्तर्गत कार्यालयमा सरुवा प्रस्ताव गर्ने।
  • कर्मचारीहरुको अध्ययन र असाधारण विदा स्वीकृति सम्बन्धी कारवाही गर्ने।
  • कर्मचारीहरुको व्यक्तिगत विवरण अध्यावधिक राख्ने।
  • जिन्सी व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य गर्ने गराउने।
  • विभागमा प्राप्त हुने पत्रको दर्ता तथा विभागबाट पठाइने पत्रहरु चलानी गर्ने साथै सो को विवरण सुरक्षित राख्ने।
  • विभागीय प्रमुख वा माथिल्लो निकायबाट प्राप्त निर्देशन तथा परिपत्र अन्तर्गत निकाय वा शाखाहरुमा संचार गर्ने।
  • प्रचलित कानुन बमोजिम कर्मचारीबाट विभागीय कारवाही हुने कार्य भएमा त्यस्तो कर्मचारी उपर विभागीय कारवाहीको प्रकृया अगाडि बढाउने।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रशासन महाशाखाको सम्पर्क शाखाको रुपमा काम गर्ने।
  • विभाग अन्तर्गत निकायहरुको प्रशासनिक एवं व्यवस्थापकीय निरीक्षण गर्ने र सो को प्रतिवेदन विभागीय प्रमुख समक्ष पेश गर्ने।
  • कार्यालय व्यवस्थापन, सुशासन कायम गर्न विभागीय प्रमुखलाई सहयोग गर्ने साथै भौतिक सामाग्रीहरुको व्यवस्थापन एवं सु-सञ्चालन गर्ने गराउने।
  • विभाग र अन्तर्गत निकायहरुको रिक्तपदको पुर्ति गर्ने,विभाग अन्तर्गत कर्मचारीहरुको सरुवा प्रस्ताव गर्ने र कर्मचारीको व्यक्तिगत विवरण अध्यावधिक राख्ने।

आर्थिक प्रशासन एकाइको मुख्य मुख्य कार्य

  • चालु ..को निमित्त प्राप्त अख्तियारी र वजेट बाँडफाँडको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट वजेट निकासा लिने।
  • प्राप्त निकासा रकम खातामा आम्दानी बाँधी आर्थिक ऐन, नियम अनुसार कार्यविधि र प्रकृया पूरा गरी, भुक्त्तानी दिई, स्वीकृत ढाँचा अनुसार लेखा राख्ने।
  • निकासा खर्च बाँकीको मासिक, चौमासिक, अर्ध-वार्षिक र वार्षिक प्रतिवेदन सहितको आर्थिक विवरण तयार गर्ने।
  • विनियोजन, राजश्व र धरौटी श्रेस्ताको आन्तरिक तथा अन्तिम लेखा परिक्षण गराउने। लेखा परिक्षण गर्दा वेरुजु देखिएमा म्याद भित्र असूलउपर गरी सम्परीक्षणको लागि आवश्यक प्रकृया पूरा गरी वेरुजू फर्छौट गर्ने।
  • विभाग र अन्तर्गत कार्यालयहरुको आवश्यकता अनुसार थप निकासा, रकमान्तर आदि सम्बन्धी कारवाहीको विषयमा समयमा नै निकासा लिई टुंगो लगाउने।

कार्यविधि

  • वजेटको अख्तियारी म.ले.नि.का मार्फत प्राप्त भएपछि वाँडफाँडको विवरण लेखापालले तयार गरी निकासा माग गर्न शाखा प्रमुख (लेखा अधिकृत) समक्ष पेश गर्ने।
  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व ऐन, 2076 र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावली, २०७७ को परिधि भित्र रही कार्य सञ्चालन स्तरको लेखा राख्ने साथै यसका लागि समय समयमा भएका परिपत्र एवं स्वीकृत ढाँचा परिवर्तन भएमा सोही बमोजिमको अभिलेख तयार गरी राख्ने।
  • विभिन्न आवधिक विवरणहरु तयार गर्ने र यसका लागि आवश्यक पर्ने म.ले.प. फारामहरु तोकिएको अवधी भित्र तयार गरी सम्बन्धित निकाय वा तालुक मन्त्रालयमा नियमानुसार पेश गर्ने।
  • लेखा परिक्षण सम्पन्न गराई प्राप्त वेरुजुहरु सम्परीक्षणको लागि कारवाही गर्ने। नपुग भएका कागजातहरु सम्बन्धित निकाय वा कर्मचारीसँग माग गरी प्रकृया पूरा गराई सम्परीक्षणको लागि आवश्यक व्यवस्था मिलाउने।
  • विभाग र अन्तर्गत कार्यालयहरुको निकासा, रकमान्तरको लागि कारवाही गर्ने साथै विभिन्न परिपत्रहरु तथा ऐन नियमले तोकेको परिधि भित्र रही आर्थिक तथा वित्तीय व्यवस्था सम्बन्धी अन्य कार्य गर्ने गराउने ।

फोटोग्राफी एकाईको मुख्य-मुख्य कामहरुः

  • ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण प्राचीन स्मारकस्थलहरु, गुम्वाहरु एवं मठ, मन्दिर, पाटी, सत्तल, ढुंगेधारा, शिलालेख, अभिलेख, ताडपत्र, तथा भित्तेचित्र, श्रब्य-दृष्य तथा वृत्तचित्र निर्माण गरी उपरोक्त विषय बस्तुहरुको डकुमेन्टेशन तयार गरी आवश्यक परेको बेला तुरुन्त उपलब्ध गर्न सकिने गरी सुरक्षित तवरले राख्ने।
  • अनुसन्धानकर्ता, विद्यार्थी एवं इच्छुक व्यक्ति तथा संघ-संस्थाहरुलाई उपरोक्त सामाग्रीहरु माग भए बमोजिम नियमानुसार उपलब्ध गराउने।
  • परम्परागत दृष्टिकोणले महत्त्वपूर्ण मेला, चाडपर्व, रितिरिवाज आदिको फोटोग्रफी, भिडियोग्राफी तथा स्लाईडहरु उत्पादन गरी सो को डकुमेन्टेशन कार्य गर्ने।
  • निर्दिष्ट पुरातात्त्विक अन्वेषण, अनुसन्धान, सर्वेक्षण तथा अन्वेषण तथा उत्खनन् टोलीसँग संलग्न भई उक्त कार्यको विस्तृत फोटोग्राफिक अभिलेख राख्ने र खोजेको समयमा उक्त अभिलेख उपलब्ध गराउने।
  • पुरातात्त्विक, ऐतिहासिक, धार्मिक तथा देशभित्र छरिएर रहेका अन्य हरेक दृष्टिकोणले महत्त्वपूर्ण राष्ट्रिय सम्पदाको स्वदेश तथा विदेशमा प्रचार-प्रसार गर्ने हेतुले भित्तेपात्रो (क्यालेण्डर)तथा पोष्टरहरु उत्पादन गरी नियमानुसार वितरण गर्ने साथै माथि उल्लेखित कार्यको लागि वार्षिक कार्यक्रम तयार गरी उक्त कार्यक्रमको औचित्य समेत पुष्टी गरी योजना मूल्यांकन तथा प्रकाशन शाखामा पेश गर्ने ।
  • संरक्षित स्मारक क्षेत्र भित्र नियमानुसार स्वदेशी तथा विदेशी छायांकन टोलीहरुलाई नीति नियम अनुसार छायांकन गर्न अनुमति प्रदान गर्ने।

कानुन एकाइको मुख्य कार्यहरुः

  • विभागीय प्रमुखबाट राय माग भएमा कानुन सम्बन्धी विषयमा राय परामर्श दिने।
  • पुरातत्त्व विभागको कार्यक्षेत्र भित्रका सम्बन्धित विषयमा ऐन, कानुन, नीति-नियम तथा निर्देशिका तर्जुमा गर्ने सम्बन्धमा विभागीय प्रमुखलाई आवश्यक राय, परामर्श दिने।
  • विभाग अन्तर्गत निकायहरुबाट कानुन र कानुनसँग सम्बन्धित विषयमा राय माग भई आएकोमा सो उपर विभागीय प्रमुखबाट राय पेश गर्न निर्देशन भएमा राय परामर्श दिने।
  • विभाग वा अन्तर्गत निकाय वा सञ्चालित आयोजनामा गठित खरिद एकाइबाट सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद सम्बन्धमा राय माग भएमा विभागीय प्रमुखको निर्देशन बमोजिम राय परामर्श दिने।
  • विभाग र अन्तर्गत कार्यालयहरुबाट गरिने राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्झौता, करार वा अन्य कागजातहरुको मस्यौदा तयार गर्न सम्बन्धित निकाय वा शाखासँग समन्वय गरी कानुनी प्रकृया पूरा गर्नु पर्ने विषयमा प्रकृया पूरा गरी तयार गर्न सहोग गर्ने ।
  • पुरातत्त्व सम्बन्धी विभिन्न ऐन नियमहरु लगायत अन्य कागजात (डकुमेण्ट)हरुको अनुवाद गर्ने सम्बन्धी विषयमा योजना मूल्यांकन तथा प्रकाशन शाखासँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने ।
  • अदालती काम-कारवाहीमा विभाग वा अन्तर्गत निकायको तर्फबाट बहस पैरवी गर्न नियमानुसार महान्यायधिवक्ताको कार्यालयलाई सहयोग गर्ने ।
  • कानून तथा न्याय सम्बन्धी विषयमा आवश्यकता अनुसार राय, परामर्श, सल्लाह, सुझाव दिने र सहयोग गर्ने ।

इन्जिनियरिङ्ग शाखा

नेपाल राज्यमा रहेका प्राचीन स्मारकहरुको अन्वेषण, उत्खनन्, संरक्षण र प्रचार-प्रसार गर्ने पुरातत्त्व विभागको काममा इन्जिनियरिङ, वास्तुकला सम्बन्धी प्राविधिक परामर्श र सहयोग उपलब्ध गराउन विभाग अन्तर्गत इन्जिनियरिङ शाखाको स्थापना भएको छ। पुरातत्त्व विभागबाट सञ्चालन हुने स्मारकहरुको जीर्णोद्धार, परियोजना सञ्चालन साथै जीर्णोद्धार कार्यको प्राविधिक रेखदेखको कार्य यस शाखाले गर्दछ। उत्खनन् एवं उत्खननबाट प्राप्त अवशेषर वस्तुहरु Antiquities को Drawing गर्ने, आवश्यकता अनुसार वास्तुकला र इन्जिनियरिङ सम्बन्धी प्राविधिक परामर्श र सहयोग गर्ने यस शाखाको मूख्य काम हो।

इन्जिनियरीङ शाखाको मुख्य मुख्य कामहरुः-

  • प्राचीन स्मारकहरुको संरचनात्मक एवं वास्तुकलात्मक सर्वेक्षण तथा अन्वेषण गरी सो को संरक्षणका लागि ईन्जिनियरिङ एवं संरक्षण सम्बन्धी सिद्धान्त अनुरुप विस्तृत नाप-नक्सा (Drawing) सहित प्रस्ताव तयार गर्ने।
  • स्मारकहरुको संरक्षण/जीर्णोद्धार सम्बन्धी लागत अनुमान तयार गर्न आवश्यक तथ्याङ्ग सूचना संकलन, विश्लेषण गरी वस्तुपरक ढंगबाट लागत अनुमान तयार गरी सम्बन्धित शाखा वा योजना प्रमुखलाई उपलब्ध गराउने।
  • स्वीकृत संरक्षण/ जीर्णोद्धार आयोजनाहरुको कार्यान्वयनको क्रममा परियोजना प्रमुखसँग समन्वय गरी सुपरिवेक्षण, निरीक्षण र प्राविधिक रेखदेख गर्ने।
  • पुरातात्त्विक उत्खनन् भएको ठाउँको नक्सा र उत्खननबाट प्राप्त अवशेष तथा वस्तुहरुको Antiquities को Drawing हरु तयार गर्ने।
  • स्मारकहरुको संरक्षण कार्यमा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तर निर्धारण गर्न आवश्यक आधार तयार गर्ने।
  • पुरातात्त्विक जीर्णोद्धारका लागि चाहिने परम्परागत कार्य गर्ने कालीगढहरुको ज्यालादर र परम्परागत ढंगबाट संरचना निर्माण गर्न दररेट समितिको बैठक बसाली दररेट निर्धारण गर्ने।
  • परम्परागत निर्माण सामाग्रीहरुको स्पेशिफिकेशन तयार गर्ने ।
  • विश्व सम्पदा सूचीमा सूचिकृत एवं संरक्षित स्मारक क्षेत्रहरुमा निर्माण हुने निजी घर तथा भवनको पुरातात्त्विक मापदण्ड तयार गर्ने र उक्त मापदण्ड लागू गर्न वास्तुकला सम्बन्धी आवश्यक परामर्श सेवा, र सहयोग उपलब्ध गराउने।
  • विभागीय प्रमुखले मागे गरेको ईन्जिनियरिङ विषय सम्बन्धी प्राविधिक राय-परामर्श प्रदान गर्ने।
  • निजी स्तर वा सामूदायिक तवरबाट सञ्चालन हुने स्मारकहरुको जीर्णोद्वार सम्बन्धमा लागत अनुमान तयार गर्ने, निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर तोक्ने आदि काममा औचित्यको आधारमा परामर्श दिने एवं आवश्यक सहयोग पर्र्याउने।

कार्यविधि:

  • प्राचीन स्मारकहरुको संरचनात्मक एवं वास्तुकलात्मक सर्वेक्षण तथा अन्वेषण गरी विस्तृत नाप-नक्सा सहित प्रस्ताव तयार गर्ने।
  • जीर्णोद्धार एवं संरक्षण गर्ने ्मारकहरुको लागत अनुमान तयार गर्ने।
  • आयोजनाको जीर्णोद्धार कार्यको रेख-देख वील जाँच गरी भुक्तानीको लागि .प्र. शाखामा वा परियोजना प्रमुख समक्ष पेश गर्ने।
  • पुरातात्त्विक उत्खनन् भएको पुरातात्त्विक ठाउँको नाप- नक्सा Drawing गर्ने
  • भवन निर्माण वा जीर्णोद्धारमा प्रयोग हुने सामाग्रीको कामको गुणस्तर निर्धारण गर्न
  • उत्खननबाट प्राप्त Antiquitiesको Drawing गर्ने
  • परम्परागत निर्माण सामाग्रीको स्पेशिफिकेशन तयार गर्ने
  • सम्पदा शाखाबाट मागभएमा बास्तुकला सम्बन्धी राय सल्लाह उपलब्ध गराउने
  • विभागीय प्रमुखबाट आदेश भए अनुसार विषयसँग सम्बन्धी सल्लाह सहयोग उपलब्ध गराउने

सम्पदा संरक्षण शाखा

नेपालमा अवस्थित विश्वव्यापी महत्त्व भएका सांस्कृतिक सम्पदाहरु विशेष गरी unescoको विश्व सम्पदा सूचीमा समावेश भएका र संभावित सूचिमा रहेका सांस्कृतिक सम्पदा तथा सम्पदाक्षेत्रहरुको विश्व सम्पदा महासन्धि(world heritage convention), प्राचीन स्मारक संरक्षण ऐन, 2013, प्राचीन स्मारक संरक्षण नियमावली, 2046 लगायत राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनहरुको आधारमा उचित व्यवस्थापन र संरक्षण गर्नु गराउनु यस शाखाको प्रमुख काम रहेको छ। शाखाको कार्यसम्पादन गर्न निम्नानुसारको दरवन्दी कायम गरिएको छः

सम्पदा शाखाको मुख्य-मुख्य कामः

  • मुलुकमा रहेका प्रचपन स्मारकहरुको सर्वेक्षण तथा अन्वेषण inventory तयार गर्ने र प्राचिन कानून बमोजिम वर्गीकरण गर्ने ।
  • सम्पदा सूचीमा समावेश भएका र संभावित सूचिमा रहेका एंव संरक्षित स्मारक क्षेत्र भित्र रहेका प्राचीन स्मारकहरुको सर्वेक्षण गरी inventory तयार गर्ने र निरन्तर रपमा अद्यावधिक गर्ने ।
  • विश्वसम्पदा महासन्धि(world heritage convention) पालना गर्न राष्ट्रिय नीति, योजना एवं कार्यक्रम तर्जुमा गर्ने।
  • राज्यका सांस्कृतिक सम्पदाहरुको सर्वेक्षण तथा अन्वेषण प्रतिवेदन र inventory अध्ययन गरी विश्व सम्पदा सूचीमा समावेश गर्न उपयुक्त सम्पदाहरुको छनौट गरी सम्भावित सूचि तयार गर्ने र समयसमयमा अद्यावधिक गर्ने।
  • सम्भावित सूचिमा छानिएका सम्पदाहरुलाई विश्वसम्पदा सूचीमा समावेशको लागि प्रकृया अघि बढाउने।
  • विश्वसम्पदा सूचीमा समावेश भएका स्मारक एवं संरक्षित स्मारकक्षेत्रको संरक्षण र व्यवस्थापन सम्बन्धी मापदण्ड एवं निर्देशिका तयार गर्ने।
  • स्वीकृत मापदण्ड एवं निर्देशिका कार्यान्वयनको क्रममा विभिन्न सरोकारवाला निकायहरु (नगरपालिकाहरु, विकास समिति, विकासकोषहरु)सँग समन्वय कायम गर्ने।
  • विश्व सम्पदाहरुको महत्त्व र संरक्षणको आवश्यकता बारेमा प्रचार प्रसार गर्ने।
  • विश्व सम्पदाहरुको सूचीमा समावेश संरक्षित स्मारकक्षेत्रहरुमा भएको व्यवस्थापन र संरक्षण कार्यको अनुगमन र मूल्यांकन गर्ने साथै आवधिक प्रगति प्रतिवेदनहरु तयार गरी UNESCO लगायत विभिन्न निकायहरुमा प्रस्तुत गर्ने।
  • पहिचानमा नरहेका मुलसकभरका प्राचिन स्मारक एंव सम्पदाहरको अन्वेषण गरी संरक्षणको रुपमा ल्याउने ।
  • सम्पदा प्रभाव मूल्याङ्कन (HERTAGE IMPACT aSSESESMENT- HIA) गराई सम्पदा संरक्षण कार्यलाई प्रमाणमा आधारित बनाउने ।
  • प्राचिन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम वर्गीकृत सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने।

सम्पदा संरक्षण शाखाको कार्यविधि

  • प्राचीन स्मारकहरुको inventory तयार गरी वर्गीकरण गर्ने
  • सम्पदा महासन्धीको पालना गर्ने
  • सम्पदा सूचीमा समावेश गरिने सम्पदाहरुको संभावित सूची तयार गर्ने
  • संरक्षित स्मारकक्षेत्रको संरक्षण र व्यवस्थापनको लागि मापदण्ड एवं निर्देशिका जारी गर्ने र लागू गर्ने
  • विश्व सम्पदा सूचीमा समावेश भएका स्मारकहरुको संरक्षण गर्ने गराउने

पुरातत्त्व तथा क्यूरियो जाँचपाँस शाखा

नेपाल राज्यका प्राचीन स्मारकहरुको अन्वेषण, उत्खनन्, संरक्षण र प्रचार-प्रसार गर्ने सन्दर्भमा पुरातात्त्विक स्थलहरुको पहिचान गर्ने, उत्खननको लागि नीति तर्जुमा गर्ने र स्वीकृत वार्षिक कार्यक्रम अनुसार गरिएका पुरातात्त्विक सर्वेक्षण तथा अन्वेषण गरी, उत्खनन् र संरक्षण कार्यको प्रतिवेदन तयार गर्ने र प्रकाशन गर्ने गराउने समेत काम गर्न प्राचिन स्मारक संरक्षण ऐन २०१३ ले सय बर्ष ननाघेका हस्तकला सम्बन्धी वस्तुहरुलाई क्यूरियो साम्रागीका रुपमा परिभाक्षित गरेको छ । यस्ता क्यूरियो वस्तसहर एंव पुरातात्विक, ऐतसहासिक तथा सांस्कृति दृष्टिकोणले राष्ट्रिय महत्व नराख्ने बस्तुहरु मात्र विदेश निकासी गर्न सकिने व्यवस्था रहि आएको छ। कसैले निकासी गर्न खोजेको कलात्मक बस्तु उक्त सय वर्ष नाघे /ननाघेको एंव पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्व भए नभएको जाँच गरी प्रचपन स्मारक संरक्षण ऐन अनुरुप सय वर्ष नाघे /ननाघेको एंव पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण नदेखिएका सामग्रीहरु प्रमाणित गरी निस्सा सहितको प्रमाण पत्र दिने कामका लागि यस शाखाको संगठन भएको हो यस शाखाको संगठन व्यवस्था यस प्रकार रहेको छ । विभागमा यस शाखाको गठन गरिएको छ।

पुरातत्त्व तथा क्यूरियो जाँचपाँस शाखा शाखाको मुख्य कामहरुः-

  • नेपाल राज्यका पुरातात्त्विक र प्रागैतिहासिक स्थलहरुको अन्वेषण, उत्खनन् र संरक्षण सम्बन्धी नीति तथा योजना बनाउने।
  • स्वीकृत नीति र योजनाको आधारमा अन्वेषण, उत्खनन् एवं संरक्षण सम्बन्धी कार्य सञ्चालन गर्ने एवं गरेका कार्यहरुको वैज्ञानिक प्रतिवेदन तयार गर्ने र उक्त प्रतिवेदनहरु प्रकाशन गर्ने।
  • प्रकाशित प्रतिवेदन अध्ययन अनुसन्धानको लागि यथासंभव सार्वजनिक गर्ने ।
  • नेपाल राज्य भित्रका प्राचीन मूर्ति तथा पुरातात्त्विक महत्त्वका वस्तुहरुको संरक्षण गर्ने।
  • प्राचीन स्मारक संरक्षण ऐन अनुरुप सय वर्ष ननाघेको र पुरातात्त्विक, ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण नदेखिएका सामाग्रीहरु प्रमाणित गरी निस्सा सहितको प्रमाण-पत्र दिई क्यूरियो सामाग्रीहरुको निकासीलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नु यस शाखाको प्रमुख कार्य हो।
  • क्यूरियो जाँचपास व्यवस्थापनालाई समयसापेक्ष रुपमा सरलीकृत गर्ने ।
  • क्यूरियो बस्तुको अनाधिकृत ओसारपसार एंव नियन्त्रणका लागि सम्बन्धित निकायहरुसँग समन्वयन गर्ने ।
  • नेपालबाट चोरी भएका र फिर्ता आएका क्यूरियो बस्तुको अभिलेख चुस्त दुरुस्त राख्ने।
  • नेपालबाट चोरी भई विश्वका कुनै पनि संग्रहालय, निजी संग्रह, तथा व्यापारिक संस्थामा पुगेका नेपालका पुराना मूर्ति तथा पुरातात्त्विक वस्तुहरुको विषयमा अध्ययन प्रतिवेदन तयार पार्ने, उक्त वस्तुहरु नेपालबाट चोरी भई गएको विषयमा तथ्य-प्रमाणहरु संकलन गर्ने र व्यवस्थित प्रतिवेदन तयार पारी नेपालमा फिर्ता ल्याउन आवश्यक पहल गर्ने।
  • प्रशासनिक एवं अदालती कारवाही बमोजिम जफत भई आएका पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक महत्त्वका वस्तुहरु बुझी उक्त वस्तुहरुको संरक्षण तथा प्रदर्शनको लागि सम्बन्धित संग्रहालयमा पठाउने।

रसायन संरक्षण शाखाको मुख्य मुख्य कामहरुः-

  • पुरातत्व विभागवाट सन्चालन हुने उत्खनन, जिर्णोद्धारको सिलसिलामा प्रयोग हुन सक्ने नयाँ तथा पुराना सामाग्रीहरुको उचित रसायनको प्रयोगद्वारा संरक्षण गर्ने ।
  • विश्व सम्पदामा समावेश भएका मन्दिर तथा स्मारकमा यस प्रयोगशालाको कार्यक्रम अनुसार स्थलगत निरिक्षण गरि आवश्यक अध्ययन र अनुसन्धान पश्चात सम्पदाहरुको बचावटको लागि आवश्यक कदम चाल्ने
  • पुरातात्विक सम्पदाहरुको क्षयिकरणको कारण पत्ता लगाउनको लागि आवश्यक अध्ययन तथा अनुसन्धान गरि सोको प्रतिवेदन तयार गर्ने । संरक्षण कार्यको वैज्ञानिक अभिलेख राख्ने ।
  • ऐतिहासिक पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महत्वका वस्तुहरुको रसायनिक संरक्षण कार्यको लागि नमुना संकलन गर्ने एवं नमूना संकलन गरि विश्लेषण कार्य गर्ने ।
  • पुरातत्व विभागबाट गरिने उत्खननको कार्यबाट प्राप्त विभिन्न वस्तुहरुको रसायन संरक्षण कार्य गर्ने ।
  • नेपाल अधिराज्य भरि रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वका दरवार, मठ, मन्दिर, गुम्बज, गुम्बा ईत्यादीको रसायनिक तथा भौतिक संरक्षण गर्ने कार्य गर्ने