वि.सं:
नेपाल संवत: ११४५ कछलाथ्व चतुर्थी - ४
आ.व.२०८०/०८१ पुरातत्त्व विभागको प्रमुख उपलब्धिहरुः
पुरातात्विक स्थल तर्फ निरन्तर र अन्य गरी जम्मा निरन्तर जम्मा ४० र अन्य १०० वटा गरी १४० कार्य सम्पन्न भएको ।
भुकम्पतर्फ यस अवधिमा जम्मा ४० वटा कार्य सम्पन्न।
विश्व सम्पदा तर्फ जम्मा ९ वटा कार्य सम्पन्न ।
सम्पदा प्रभाव मूल्यांकन (HIA Roster ) तालिम कार्यक्रममा २७ जनालाई तालिम दिई कार्य सम्पन्न भएको
Tentative List लाई Inventory प्रकाशनको चरणमा रहेको ।
ISC को चौमासिक बार्षिक बैठक सम्पन्न भएको।
SOC ३१ जनवरी २०२४ मा पेश भैसकेको भगवान गौतम बुद्धको राज प्रासाद रहेको कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न Nomination Dosser को २०२४ जनओरी ३१ मा दर्ता भएको।
UNESCO को समन्वयमा रामग्राम स्तूपाको उत्तर पश्चिम भागको उत्खनन् कार्य सम्पन्न भएको ।
गौतम बुद्धको जन्मस्थल लुम्विनी बगैंचाको Integrated Management Framework पास भएको
लुम्विनीको Protected Monument Zone घोषणा गर्न नेपाल सरकारबाट स्वीकृत भएको ।
भुकम्पबाट क्षति भएको कुल ९२० सांस्कृतिक सम्पदा मध्ये हालसम्म ८०० वटा सम्पन्न भएको ।
ठाकुरद्धारा पुरातात्विक स्थलको अन्वेषण तथा उत्खनन् कार्य सम्पन्न भएको ।
रौतहट जिल्लामा रहेको मौलापुर स्थित पुरातात्विक स्थलको उत्खनन् कार्य सम्पन्न भएको ।
मोरङ्गको भेडीआरी र झापाको किचकवधको उत्खनन र संरक्षण कार्य सम्पन्न भएको ।
दार्चुला स्थित उकुको भग्नावशेष ब्यबस्थापन अभिलेखिकरण तथा उत्खनन् कार्य सम्पन्न भएको ।
क्यूरीयो जाँचपास शाखाबाट माघ महिनादेखि चैत्र सम्म ४३,७१९ वटा क्यूरीयोका सामाग्रीहरु विदेश निकसाका लागि प्रमणित गरी पठाइएको ।
नवलपरासीको वर्दगोरिया पुरातात्विक स्थलमा उत्खनन कार्य सम्पन्न भएको ।
चोरी निकासी भएका जम्मा ४४९ रहेको मध्ये हालसम्म फिर्ता भएका १७३ प्राप्त भएको । मध्ये यस अवधि मिति २०८१।०२।२२ मा अमेरिकाको हवाई राज्यको Maui निवासी अमेरिकी नागरिक Susan Bradford बाट २४ थान मूर्ती तथा अन्य सम्पदाहरु प्राप्त भएको ।
भगवान गौतम बुद्धको राजप्रसाद रहेको प्राचीन तिलौराकोटको उचित संरक्षणको लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने कार्यको गत आ.ब हरुमा ४० विगाहा जग्गा र ३४ वटा घर अधिग्रहण कार्य सम्पन्न भइसकेको हालसम्म जम्मा ४२ विगाहा जग्गा र ४७ वटा घर अधिग्रहण कार्य सम्पन्न भएको