नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

पुरातत्व विभाग

रामशाहपथ, काठमाडौँ, नेपाल

कार्यक्रम

May 25

PublicAwareness Programm

-

Hitel Annapurna

धरहरा बनाउन अाफ्नो साहित्य समर्पण

doa

धरहरा बनाउन अाफ्नो साहित्य समर्पण

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड), प्रमुख प्रतिपक्ष दलका नेता श्री के.पी. शर्मा वली, भूतपूर्व प्रधानमन्त्री श्री शेर बहादेर देउवा र प्रज्ञाप्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीज्यूहरुको शुभकामनासहित प्रकाशन भएको इतिहासमा वि.सं. २०७२ कविता संग्रह पुस्तक तारकेश्वर न.पा. वडा नं. ८ काठमाडौंका श्री ध्रुव प्रसाद गजुरेलले प्रकाशन गरी सो पुस्तक विक्रीबाट रकम संकलन गरी धरहरा पुनःनिर्माण कार्यक्रमलाई सहयोग जुटाई रहनु भएको छ । उक्त पुस्तकलाई वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठज्यूले विमोचन गर्नु भएको थियो । सो पुस्तक विक्रीबाट प्राप्त भएको रकम रु.१,५१,१५१÷– पुरातत्व विभागका महानिर्देशक श्री भेषनारायण दाहाल र मदनकृष्ण श्रेष्ठसहितको टोलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अध्यक्ष डा. गोविन्द प्रसाद पोख्रेलज्यूलाई मिति २०७३।१०।११ गते हस्तान्तरण गर्दा पहिलो चरणको समापान भई दोश्रो चरण शुरु भएको र धरहरा पुनःनिर्माण सम्पन्न नभएसम्म आफ्नो अभियान जारी रहने कुरा पुस्तकका लेखक गजुरेलले बताउनु भयो । स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुको धरहरा पुनःनिर्माण अभियानमा योगदन रहोस् भन्ने हिसाबले जसले जहाँबाट जति सकिन्छ धरहराको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय थापाथलीको धरहरा निर्माण कोषको चल्ति हिसाब नं. १४३०००१९८००१ मा रकम जम्मा गर्नेगरी उहाँले चलाउनु भएको यो अभियान ज्यादै सह्रानिय रहेको छ । उहाँले रकम जम्मा गर्नेहरुको भौचरसहितको नाम र रकम सामाजिक सञ्जाल facebook मार्फत सार्वजनिक गरिरहनु भएको पुरा पुस्तक पढ्नको लागि उहाँको website www.dhrubagajurel.com.np हेर्न सकिनेछ । सम्पर्कको लाग ईमेलः dgajurel2000@yahoo.com  / facebook: dhrubagajurel मा सम्पर्क गर्न सकिने छ ।